कारागारमा रहेकालाई छुटाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी
बुधबार, १९ वैशाख २०८१, १४ : ४२
बारा । कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार पटेलले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय पर्सामा रहेका एक व्यक्तिसँगै १० लाख रुपैयाँ लिएका थिए । त्यस्तै, उनले जबरजस्ती करणी मुद्दाको पुर्पक्षमा रहेका अर्का व्यक्तिसँग पनि ७ लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।
पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई गत वैशाख ४ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको न्यौपानेले जानकारी दिए । जिल्ला अदालत बाराबाट म्याद थप गरी पटेलमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण