एकीकृत समाजवादीका केन्द्रीय सदस्य गुरुङले दिए पार्टीबाट राजीनामा
मङ्गलबार, २४ पुस २०८०, १९ : ४१
बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् ।
पार्टी स्थापनादेखि समाजवादीमा लागेका गुरुङ पछिल्लो समय केन्द्रीय कमिटीका निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय रहेका थिए ।
एमालेबाट विभाजन भएपछि उनी रुपन्देहीमा समाजवादीको जिल्ला कमिटी स्थापनामा नेतृत्वदायी भूमिकामा रहेका थिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनको उम्मेदवारी खारेजी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण