३० दिनमा सकियो महेश र सृष्टिको फिल्म ‘११ः ५५’
काठमाडौँ । केशव पाण्डे निर्देशित फिल्म ‘११ः ५५’ को छायाङ्कन सकिएको छ । मङ्गलवारबाट फिल्मको छायाङ्कन सकिएको हो । ३५ दिनको सेड्युलसहित सुरु भएको फिल्म ३० दिनको नियमित छायाङ्कनमा सकिएको फिल्मका प्रोडक्सन डिजाइनर सुवास काफ्लेले बताए ।
गत मङ्सिर २४ गतेबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्म काठमाडौँ उपत्यका भित्र नै छायाङ्कन भएको छ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायत कलाकारको फिल्ममा अभिनय छ ।
क्राइम, थ्रिलर विधामा निर्माण भएको फिल्मको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले तयार पारेका हुन् ।
विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन् ।
प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मका प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् । फिल्म ‘११ः५५’ मा ६ व्यक्तिको कथा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण