एकै पटक २६ उच्च प्रहरी अधिकृत बिदाई, सर्वेन्द्रले भने– संगठनको उचाई थप्ने काम गर्छु
काठमाडौं– नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित २६ उच्च प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले बिदाई गरेको छ ।
३० बर्षे सेवा अवधिका कारण सेवा निवृत भएका संगठन प्रमुख सहितका एआईजी र डिआईजीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिदाई गरेका छन् ।
बुधवार साँझ प्रहरी प्रधान कार्यालयमा अयोजित बिदाई कार्यक्रमा बोल्दै नवयिनुक्त प्रहरी प्रमुख खनालले प्रहरी संगठनको उचनाई थप्ने गरी काम गर्ने बताएका छन् ।
‘फोर्समा दाजुभाई भन्ने हुँदैन तर मैले सिनियर सरहरुसँग ब्रदरहुडको भावनाले काम गर्ने अवसर पाएँ’ उनले भने, ‘अबको दिनमा प्रहरी संगठनको उचनाई थप्ने गरी काम गर्नेछु ।’
आफुलाई प्रहरी प्रमुख बन्ने अवसर प्रदान गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका खनालले प्रहरी सेवामा कुनै कसर नराखिकन दृढ भएर अगाडि बढ्ने बताए ।
उनले भने, ‘प्रहरीलाई आवश्यक साधन, स्रोत र बाधा ब्यवधान हटाउन तालुक निकाय गृह मन्त्रालयबाट सहयोग हुनेछ भन्ने विश्वास छ, आगामी दिनमा प्रहरी सेवामा कुनै कसर नराखिकन दृढ भएर अगाडि बढ्ने छु ।’
सेवा निवृत भएका प्रहरी अधिकारीहरुले भोलीको दिनमा ‘नयाँ नेतृत्वले राम्रो गरेछ’ भन्ने म्यासेज दिनेगरी काम गर्ने प्रण गरेका खनालले नागरिकलाई दिने प्रहरी सेवा अझै राम्रो हुने बताएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण