जापान भूकम्प अपडेट : मृत्यु हुनेको व्यक्तिको सङ्ख्या २०३ पुग्यो, अझै ६८ बेपत्ता
टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । सुजु सहरमा ९१, वाजिमा ८१, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा तीन, शिका र हाकुईमा एक÷एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ । मङ्गलबारदेखि लगातारको वर्षाले, पहिरोजस्ता खतराहरूको सम्भाव्यताको बारेमा सजगता बढाउँदै अधिकारीहरूले चेतावनी जारी गरेका छन् ।
क्योदोले क्षेत्रीय मौसम विज्ञान पर्यवेक्षकलाई उद्धृत गर्दै चुचुरोमा चिसो हावाको कारण वायुमण्डल अस्थिर रहने, भूकम्प र वर्षाले हिउँ पग्ली नोटो क्षेत्रमा जमिन अस्थिर हुने सम्भावना बढेको रिपोर्ट गरेको छ । क्षेत्रीय अधिकारीहरूका अनुसार, कोभिड–१९ र इन्फ्लुएन्जाजस्ता सङ्क्रामक रोगहरूको बढ्दो जोखिमको बीचमा २६ हजारभन्दा बढी व्यक्तिहरूले विभिन्न शिविरहमा आश्रय लिइरहेका छन् ।
प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण करिब तीन हजार १०० व्यक्ति राज्यको सहज पहँुचभन्दा टाढा बस्न बाध्य छन् । ठेगाना नखुलेका व्यक्तिको विषयमा उत्पन्न अन्योलको जवाफमा विभिन्न माध्यमबाट सङ्कलन सूचनाहरू एकीकृत गरी सङ्ख्या अद्यावधिक गरिने स्थानीय अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण