भोजपुरको स्वास्थ्य शिविरमा एक हजार आठ सय बढीको उपचार
टक्सार । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भोजपुरको दक्षिणमा रहेका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालङ्खामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढी लाभान्वित भएका शिविर संयोजक जनक घलेले बताए । शिविरमा छ सय ७० जना महिला र तीन सय ९२ जना पुरुषले विशेषज्ञ सेवा लिएका थिए ।
त्यसैगरी, आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिएका संयोजक सन्तोष कोइरालाले जानकारी दिए ।
शिविरमा २३ जना चिकित्सकसहितको टोलीले जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोगलगायत विभिन्न १३ वटा रोगको उपचार सेवा प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण