नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा खरेल

बुटवल । नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित भएका छन् । बुटवलमा भएको अधिवेशनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा.सन्दीप सुवेदी, उपाध्यक्षमा डा.वर्षा थापा, महासचिवमा डा.प्रकाश बस्नेत, कोषाध्यक्षमा डा.रमेश भट्टराई, सहसचिवमा डा.मोहनलाल तिवारी र सह कोषाध्यक्षमा डा.अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यले बताए ।
निर्वाचित सदस्यहरूमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा.मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहेका छन् ।
संघको लुम्बिनी शाखामा ५०० चिकित्सक आबद्ध छन् । चिकित्सक संघमा देशभरका ३५ हजार आबद्ध रहेका छन् । डा.खरेल प्रजातन्त्रवादी चिकित्सक सङ्घ लुम्बिनीको पनि अध्यक्ष हुन्। चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिश्मा कपूरका पूर्व पतिको अन्तिम संस्कार दिल्लीमा गरिने
-
किशोरी घाउ
-
भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
‘दिल’ को गीत महिलाविरोधी भएको आमिरद्वारा स्वीकार
-
दिल्लीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी