‘नमेटिएको घाउ’ बाट निर्देशकमा होमिँदै अभिनेता रमित
काठमाडौँ । अभिनेता रमित ढुङ्गाना निर्देशनमा डेब्यु गर्ने भएका छन् । एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्म ‘नमेटिएको घाउ’ बाट उनी निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
‘नमेटिएको घाउ’ को नाम यसअघि ‘मुस्कान’ राखिएको थियो । अभिनेता ढुङ्गाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कानकै मुख्य भूमिका छ । एसिड आक्रमणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ ।
एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
फिल्मको बुधवारबाट वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कन आगामी माघ १५ गतेबाट सुरु हुनेछ ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।
फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण