सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक भएकोबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । त्यसबारे उजुरी आएपछि अनुसन्धान थालिएको ब्युरोका एसपी पशुपति रायले रातोपाटीलाई बताए ।
बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेसँगै पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै तस्बिर र नाम ठेगाना सार्वजनिक गरेका हुन् । एसपी राय भन्छन्– ‘सार्वजनिक गर्ने व्यक्तिहरूको आइडेन्टिफाइ गर्दै छौं ।’
त्यसरी फोटो र नामथर सार्वजनिक गर्नेलाई गोपनियतासम्बन्धी कसुरमा पनि कारबाही हुने व्यवस्था छ । २०७५ भदौमा बन्द प्रशिक्षणमा रहेका बेला लामिछानेले पीडित किशोरीलाई भेटेका हुन् ।
नगरकोट घुमाएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा सञ्चालित होटेलमा आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त गौशालाले मुद्दा दर्ता गर्दा पीडितको परिवर्तित नाम गौशाला–२६ उल्लेख गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण