सामाजिक सुरक्षा कोष अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा सङ्गठनमा आबद्ध
काठमाडौँ । सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता सङ्गठनको रूपमा रहेको अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा सङ्गठन (आईएसएसए) मा आबद्ध भएको छ । कोषले आईएसएसएको सदस्यताका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई २६ जुन २०२३ मा स्वीकृति गरेको थियो ।
सङ्गठनमा १६० देशका ३२० संस्थाहरूले सदस्यता प्राप्त गरेका छन् । आईएसएसए विभिन्न देशमा सामाजिक सुरक्षाको सन्दर्भमा सन् १९२७ मा स्थापना भएको नेतृत्वदायी अन्तर्राष्ट्रिय निकाय हो ।
नेपालको सामाजिक सुरक्षा कोषलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल र मजबुत बनाउन र सिकाइका लागि महत्त्वपूर्ण फोरम रहेको कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषको दायरा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी, हुँदै स्वरोजगार सम्म विस्तार भएको छ ।
कोषमा विभिन्न क्षेत्रमा लागू हुने गरी छुट्टाछुट्टै कार्यविधि तयार भई लागू भएको अवस्था छ । अन्य देशमा भएको राम्रा अनुभवबाट सिक्न र कार्यविधिलाई समसामयिक रूपमा परिमार्जन गर्दै लैजानका लागि आधिकारिक सन्दर्भ सामाग्रीमा पहुँच हुन जरुरी छ ।
जसको लागि आईएसएसए एक महत्त्वपूर्ण प्लेटफर्म रहेको कोषले जनाएको छ । उक्त सङ्गठनमा विभिन्न देशका १४०० भन्दा बढी संस्थागत असल अभ्यासहरू उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण