शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

थानकोट–चित्लाङ दुर्घटना : मृतकको संख्या ५ पुग्यो (विवरणसहित)

शनिबार, २८ पुस २०८०, १७ : १४
शनिबार, २८ पुस २०८०

काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनमा मृत्यु हुने अन्य ४ जनाको पहिचान खुलेको छ । 

घटनास्थलमै मृत्यु हुनेहरुमा काठमाडौँ महानगरपालिका ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका २ लाजिम्पाटका डा.महेशकुमार गौतम, सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतम रहेका छन् ।  सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

शनिवार काठमाडौँको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि  सेतो पहरा भन्ने स्थानमा काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५  दुर्घटना भएको थियो । कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृतक ४ जनाकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप