अभियानले केही आशा पलाएको छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीमा गतिशीलता ल्याएको जिकिर गरेका छन् । शनिबार पार्टीको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अभियानले केही आशा पलाएको र विश्वासको वातावरण बनाउन आधार मिलेको बताएका हुन् ।
बैठकमा माओवादी अभियानबारे संश्लेषण गर्दै समग्र परिस्थितिको बारेमा प्रचण्डले ब्रिफिङ गरेका थिए । बैठकमा १० प्रदेशकै इन्चार्जले अभियानको रिपोर्टको सार प्रस्तुत गरेका थिए । प्रचण्डले विगतका अभियानभन्दा सबैभन्दा प्रभावकारी अभियान भएको जिकिर गरे ।
उनले भने, ‘पार्टी कमिटीहरू सक्रिय भएका छन् र करिब करिब पार्टी संरक्षणका लागि यसले ऐतिहासिक कोशेढुङ्गाको काम गरेको छ । निर्वाचनभन्दा पछि यो स्तरको अभियान भएको थिएन,’ उनले भने, ‘निर्वाचनका बेला मात्रै होइन अघिपछि पनि माओवादीहरू आउने रहेछन् भन्ने भएको छ । सबै भन्दा महत्त्वपूर्ण कुरा मूल्याङ्कनको आधार धेरै राम्रोसँग बनाएको छ । जस्तै को काम गर्न गयो को गएनन्, को इमानदारिताका साथ खट्यो भन्नेबारे विस्तृत रिपोर्टको आधारमा नेताहरूको राम्रो मूल्याङ्कन गर्छ । हिसाब–किताब गर्छ ।’
अभियानबारे विस्तृत समीक्षा भने माघको २६ गते हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण