प्रेस युनियन रौतहटमा १ लाख ११ हजारको अक्षयकोष स्थापना
रौतहट । नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेलाले अक्षयकोष स्थापना गरेको छ । युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व.पिता लालबहादुर पुरीको नाममा रु.एक लाख ११ हजार एक सय एक रुपैयाँको अक्षय कोष स्थापन गर्ने घोषण गरेका हुन्।
चन्द्रपुर नगरपालिका ६ स्थित जिपी उद्यान पार्कमा नेपाल प्रेस युनियन रौतहटको प्रथम जिल्ला भेला आयोजना गरिएको थियो । भेलामा आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउन विभिन्न एजेन्डाहरूको विषयमा छलफल गरिएको थियो ।
नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीका अनुसार भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्की,संस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी, प्रेस युनियन मधेस प्रदेश लेखा समिति संयोजक रञ्जन खरेल,वरिष्ठ पत्रकार प्रभात झा, नेपाल प्रेस युनियनका सचिव सागर हुमागाई लगायत युनियनका सदस्यहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण