कोशी प्रदेशमा ६ आर्थिक वर्षमा कति भयो निर्माणको काम ? (तथ्याङ्कसहित)
विराटनगर । कोशी प्रदेश सरकारले हालसम्म ६ वटा बजेट कार्यान्वयन गरेको छ । हालसम्म प्रदेश सरकारले ४८ अर्ब ५१ करोड रुपैयाँ खर्च गरेको छ । जुन निर्माणको क्षेत्रमा छुट्याएको रकमको ७७ दशमलव ०८ प्रतिशत हो ।
प्रदेश सरकारले २०७४/०७५ मा १ अर्ब ६५ करोड बजेट खर्च गरेको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ६ करोड, २०७६/०७७ मा १६ अर्ब ४६ करोड, २०७७/०७८ मा ७ अर्ब ३६ करोड, आर्थिक वर्ष २०७८/०७९ मा ९ अर्ब १९ करोड र आर्थिक वर्ष २०७९/०८० मा ८ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारले सबैभन्दा बढी २०७८/०७९ मा ९३.२ प्रतिशत र गत आर्थिक वर्ष ८५.७० प्रतिशत बजेट खर्च गरेको छ । उक्त खर्चले प्रदेशमा हालसम्म १ हजार २४ किलोमिटर सडक मर्मत, १ हजार १५५ किलोमिटर ग्राभेल, १ हजार किलोमिटर कच्ची, १४.२२२ किलोमिटर आरसीसी, पीसीसी, ३९.३८९ किलोमिटर सोलिङ र ४११.२ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

यस्तै प्रदेश सरकारले हालसम्म ७४ वटा मोटरेवल पुल र १५९ वटा झोलुङ्गे पुल निर्माण गरेको छ भने ३५२.८९ किलोमिटर सडकको ट्र्याक खोलेको छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म २४२ वटा सामुदायिक/सभाहल भवन निर्माण गर्दा १९५ वटा निर्माणाधीन अवस्थामा छन् । यस्तै ४७ वटा सरकारी भवन निर्माण भएको छ भने १५ वटा निर्माणाधीन, ५९ वटा खेलकुद पूर्वाधार निर्माण र ७ वटा निर्माणाधीन, ५५३ वटा एकीकृत बस्ती विकास, ४८५ वटा निर्माणाधीन, जनता आवास कार्यक्रमबाट ५ हजार १७५ वटा घर निर्माण हुँदा ३ हजार २२७ वटा निर्माणाधीन छन् ।

सहरी सडक (ढलान) ४१.१५ किलोमिटर, सहरी सडक (कालोपत्रे) २४.१५ किलोमिटर, पार्क निर्माण ५२ वटा, बसपार्क २५ वटा, गेट तथा भ्यूटावर १३ वटा, प्रहरी भवन ३० वटा, अन्य पूर्वाधार निर्माण १०७ वटा र मर्मत सम्भार १९१ वटा भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले डीपीआरमात्रै १५७ वटाको सकेको छ भने २० वटाको डीपीआर बाँकी रहेको जनाएको छ ।
-1_4x6c7sIDRa.jpg)
-2_oLfgjyhnHw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण