ब्रिटनी स्पेयर्स संगीतबाट अलग !
लसएन्जल्स । अमेरिकी गायिका एवम पप आइकन ब्रिटनी स्पेयर्सले इन्स्टाग्राम र संगीतबाट अलग हुने घोषणा गरेकी छन् । उनको प्रख्यात गीत ‘टक्सिक’ले २० वर्ष पूरा गरेको अवसरमा उनले यस्तो घोषणा गरेकी हुन् ।
४२ वर्षीया ब्रिटनीले यस्तो घोषणा गरेको केही दिनपछि नै उनले सामाजिक सञ्जालहरुमा रहेका आफ्नो एकाउण्ट हटाएकी छन् । उनले आफूले पुनः संगीत सिर्जना नगर्ने र सदाका लागि संगीत उद्योग छाडेको बताएकी हुन् ।
ब्रिटनीका ४३ मिलियन फलोअर्स छन् । ब्रिटनीको यस्तो घोषणाले उनका शुभेच्छुकहरुले निराश भएको प्रतिक्रिया दिएका छन् । उनले संजालबाट हटाएको एक पोस्टमा संगीत सिर्जनाका लागि रेकर्डिङ स्टुडियोमा आफू नफकर्ने खुलासा गरेकी थिइन् । उनले आफू पर्दा पछाडि रहेर काम गर्न र अन्य कलाकारका लागि गीत लेख्नमा नै खुशी रहेको उल्लेख गरेकी थिइन् ।
‘जब म लेख्छु, त्यो केवल मनोरञ्जनका लागि लेख्छु या अन्य मानिसका लागि लेख्छु । मैंले पछिल्लो दुई वर्षमा अन्य मानिसका लागि २० भन्दा बढी गीत लेखें । म एक घोस्ट राइटर हुँ र म इमान्दारीपूर्वक यसमा आनन्द लिन्छु’, ब्रिटनीले भनेकी छन् ।
केही समय अघि ब्रिटनीले चाली एक्ससीएक्स र जुलया माइकल्ससँग सहकार्य गर्दै नयाँ एल्बमको तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर दुई बच्चाकी आमा ब्रिटनीले यो समाचारलाई ‘बकवास’ भन्दै खण्डन गरेकी थिइन् ।
सन् २०२१ मा पिताको संरक्षकत्वबाट स्वतन्त्र भएकी ब्रिटनीले त्यही बेला संगीत उद्योग छाड्ने प्रतिक्रिया दिएकी थिइन् । पछिल्लो समय एल्टन जोनको सहयोगले ट्रयाक ‘होल्ड मी क्लोजर’ जारी गरेकी थिइन् । तर त्यसपछि भने उनले अहिलेसम्म कुनै नयाँ संगीत रेकर्ड गराएकी छैनन् । उनको पछिल्लो एल्बम ‘ग्लोरी’ सन् २०१६ मा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण