इन्डियन आइडलका उपविजेता अमित पलको यस्तो छ नेपाली गीत ‘सम्झना...’
मङ्गलबार, ०२ माघ २०८०, १२ : ०५

काठमाडौँ । लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द ‘सम्झना..’ बोलको नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर इन्डियन आइडल–३ का उपविजेता अमित पलले दिएका छन् ।
गीत मार्फत गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । छिट्टै नै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरुसँंग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उनले बताए ।
‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भने, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।’
कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन गरेका हुन् ।
सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको छ । विशाल गुरुङको निर्देशन रहेको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल