प्युठानको ऐरावती गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौँ । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत प्युठान जिल्लाको ऐरावती गाउँपालिका आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत प्युठान जिल्लाको ऐरावती गाउँपालिका २९ पुसबाट कोषमा आबद्ध भएको हो ।
सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र ऐरावती गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले संयुक्त रूपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ऐरावती गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले आफ्नो गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालु आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रक्रिया सुरुवात गर्ने प्रतिबद्धता जाहेर गरे । त्यसको लागि गाउँपालिकाले तत्कालै सूचना जारी गरी श्रमिकबाट आवेदन माग गर्ने कार्यको थालनी गर्ने बताए ।
सो अवसरमा कोषका तर्फबाट बोल्दै उप कार्यकारी निर्देशक विवेक पन्थीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरूको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताए । ऐरावती गाउँपालिकाले यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण