सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला
मङ्गलबार, ०२ माघ २०८०, १५ : २४
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक जना युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार शव फेला परेका युवक पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय भरत बुढा रहेका छन् । उनी घरभन्दा केही टाढा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार भरत सोमबार राति १ बजेतिरको समयमा मृत अवस्थामा फेला परेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काका अनुसार भरतको शरीरमा चोट लागेको छ ।
हाल घटनास्थलमा प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटेर अनुसन्धान भइरहेको छ ।
‘घटना शंकास्पद छ,’ खड्काले भने, ‘अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण