नागार्जुनले रद्द गरे मालदिभ्सको ट्रिप
नयाँ दिल्ली । लामो समयसम्म भारतीय सेलिब्रेटीहरुमाझ छुट्टी मनाउने लोकप्रिय गन्तव्यको रुपमा रहेको थियो मालदिभ्स । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्विप भ्रमणपछि मालदिभ्सका मन्त्रीहरुले उनीमाटि भद्दा टिप्पणी गरेका थिए । यस घटनाप्रति भारतभर नै असन्तुष्टि छाएको थियो । सारा भारतीय प्रधानमन्त्रीको पक्षमा देखिए । फिल्म उद्योग पनि खुलेर प्रधानमन्त्रीको समर्थनमा आएको थियो ।
एकपछि अर्को गर्दै बलिउड स्टारहरुले माल्दिभ्समा शूटिङ र घुम्न जाने योजना रद्द गरिरहेका छन् । यसैबीच दक्षिण भारतका चर्चित अभिनेता नागार्जुनले पनि आफ्नो मालदिभ्स भ्रमण रद्द गरेका छन् । आफू कसैसँग डराएर नभई अहिलेको अवस्थालाई ‘स्वस्थ’ नमानेर टिकट रद्द गराएको नागार्जुनले बताएका छन् । हरेक एक्शनको रिएक्शन हुने पनि उनले बताए । मोदीप्रति मालदिभ्सका मन्त्रीहरुले दिएको आपत्तिजनक टिप्पणीप्रति नागार्जुन असन्तुष्ट देखिएका थिए ।
नागार्जुन बिग बोस र ना सामी रंगाका लागि विगत ७५ दिनदेखि छुट्टी नलिई काम गरिरहेका थिए । यसैबीच रिफ्रेशमेन्टका लागि उनी मालदिभ्स जाँदै थिए । अब भने उनले टिकट रद्द गरेर लक्षद्विप जाने योजना बनाएका छन् । ‘मैले कसैको डरले टिकट रद्द गराएको होइन । माहौल स्वस्थ नभएकोले मैले टिकट रद्द गराएको हुँ,’ नागार्जुनले भनेका छन् । मालदिभ्सका मन्त्रीहरुले मोदीप्रति दिएको टिप्पणी फिटिक्कै स्वस्थ नभएको नागार्जुनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण