१२वीं फेल एक्ट्रेसको इष्टा एकाउन्टमा फलोअर्सको घुँइचो
नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको विक्रान्त मैसीको फिल्म १२वीं फेलले सबैको मन जितिरहेको छ । सर्वसाधारण दर्शकदेखि बलिउडका सेलेब्रिटीसम्म हरेकले फिल्मको तारिफ गरिरहेका छन् । यो फिल्ममा विक्रान्त मैसीको अपोजिट मेधा शंकर देखिएकी थिइन् । यो फिल्मको सफलतापछि मेधाको भाग्य चम्किएको छ ।
सामाजिक सञ्जालमा मानिसहरूले उनलाई खोजी खोजी फलो गरिरहेका छन् । केही हजार रहेको फलोअरको संख्या बढेर लाखौं पुगेको छ । फिल्मको सफलता र फलोअर्सको सङ्ख्यामा भएको वृद्धिबारे मेधाले अहिले प्रतिक्रिया दिएकी छिन् ।
फिल्ममा विक्रान्तको साथसाथै मेधाको अभिनयको खुबै तारिफ भएको थियो । ‘यो निकै शानदार रह्यो । म सबैको आभारी छु । जतिबेला हामी फिल्म बनाइरहेका थियौँ अनि हामीले जे बनायौँ त्यसमा हामीलाई गर्व थियो । हामीले निकै इमानदारीपूर्वक फिल्म बनायौँ अनि हामीलाई थाहा थियो कि दर्शकहरुले यो फिल्मलाई अवश्य मन पराउनेछन् । तर जस्तो खालको प्रतिक्रिया फिल्मले पाइरहेको छ त्यो निकै अभूतपूर्व छ ।’ इन्ष्टाग्रामको एउटा पोष्टमा मेधाले भनेकी छिन् ।
पहिला १६ हजार मात्रै थियो फलोअर
फिल्म ओटीटीमा रिलिज भएपछि फलोअर विस्तारै बढ्न थालेको थियो । मेधा शंकरको इन्ष्टा एकाउन्टमा १२वीं फेल आउनु अघि जम्मा १६ हजार फलोअर थिए । तर अहिले फलोअरको संख्या बढेर १८ लाख पुगेको छ । मेधाले इष्टामा खासै धेरै पोस्ट गर्दिनन् । तर फिल्मका दर्शकहरुले उनलाई खोजी खोजी फलो गरिरहेका छन् ।
१२वीं फेल आईपीइस मनोज कुमार शर्माको बायोपिक हो । मनोजको भूमिकामा विक्रान्त मेसी थिए । फिल्म विधु विनोद चोपडाले निर्देशन गरेका हुन् । फिल्मको काहानी आईपीएस बन्न मनोजले गरेको सङ्घर्ष र दुःख वरिपरि घुमेको छ । आलिया भट्ट, दीपिका पादुकोण, ऋतिक रोशन, कंगना रनौत र अनुराग कश्यपजस्ता स्टारहरुले १२वीं फेलको प्रशंसा गर्दै पोस्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण