बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फ्रान्सका गेब्रियलबाट पाठ सिक्दै नेपालमा पनि युवालाई अवसर दिनुपर्छ : नैनसिंह महर

बिहीबार, ०४ माघ २०८०, २१ : १४
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काठमाडौँमा आयोजित एक कार्यक्रममा फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेको घटनाबाट नेपाली राजनीतिज्ञले पनि पाठ सिक्नु पर्ने बताएका छन्।

यससँगै गेब्रियल फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बनेका छन्। उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका ६२ वर्षीय एलिजाबेथ बोर्नको स्थानमा नियुक्त भएका हुन्।

'फ्रान्समा ३४ वर्षीय गेब्रियल एटलको सत्तारोहणले राजनीतिभित्र सुधारको पक्षमा सक्रिय संसारभरका युवा राजनीतिकर्मीहरूलाई अवश्य पनि अदम्यसाहस र ढाडस थपिएको हुनुपर्छ । तर, नेपालको सन्दर्भमा भने उमेर र अवसर प्राप्तिका आधारमा प्रौढ भएका अग्रज नेताहरूको अनिवार्य विश्रामबाट मात्र युवा नेतृत्व स्थापनाको नेपाली सपना पुरा हुन सक्छ। विश्वमा शान्ति, स्थिरता, विकास र भ्रातृत्व स्थापनाका लागि गेब्रियलको शासनकाल सफल हुन सकोस्,' महरले भनेका छन्।

फ्रान्सका नयाँ र कान्छो प्रधानमन्त्री बनेका गेब्रियल यसअघि देशको कान्छो शिक्षा मन्त्रीको रूपमा कार्यरत थिए । उनी राष्ट्रपति म्याक्रोनका नजिकका व्यक्तिहरूमा मानिन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप