फेसबुकमा नकारात्मक कमेन्टपछि पुरुषले २७ महिलामाथि हाले मुद्दा
सिकागो । सिकागोमा एक जना पुरुषले २७ जना महिलामाथि मुद्दा हालेका छन् । फेसबुकको डेटिङ ग्रुपमा आफ्नोबारे नकारात्मक टिप्पणी गरेको अनि आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै ३२ वर्षका निक्को डी’अम्ब्रोसिओले ती महिलाविरुद्ध मुद्दा दायर गरेका हुन् । ‘आर वि डेटिङ द सेम गाय’ नाम गरेको निजी फेसबुक समूहमा आफूबारे महिलाहरूले भद्दा कमेन्ट गरेको उनको तर्क थियो ।
यो ग्रुपलाई महिलाहरुले पुरुषसम्बन्धी आफ्ना अनुभवहरू साटासाट गर्ने अनि सुझाव माग्न प्रयोग गर्ने गरेका छन् । डी’अम्ब्रोसिओको मामिलामा दर्जनौँ महिलाहरूले अपमानजनक टिप्पणी गरेका थिए । उनलाई चिप्कु अनि आफूले चाहेको कुरा पाएपछि एक्कासि हराउने भन्दै कमेन्ट गरेका थिए । डी’अम्ब्रोसिओले अब आफूबारे नकारात्मक कमेन्ट गरेका महिला र पेजका मोडरेटर र फेसबुकको मातृ कम्पनी मेटाविरुद्ध ७ करोड ५० लाख डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन् ।
फेसबुक ग्रुपमा एक महिलाले डी’अम्ब्रोसिओबारे एउटा पोस्ट गरिन् । ती महिलाको कमेन्ट आएपछि अन्य महिलाले पनि त्यस्तै खालका कमेन्ट गर्न थाले । ओरिजिनल पोस्ट गर्ने महिलालाई आफूले डेट गरेको डी’अम्ब्रोसिओले स्वीकारेका छन् । तर आफूहरू ‘एक्सक्लुसिभ डेटिङ रिलेशनशिप’मा कहिले पनि नरहेको उनको तर्क थियो । आफ्नो प्रतिष्ठामा ठेस पुर्याउन महिलाले आफूबारे झुठा खबर फैलाएको आरोप उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित
-
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ जना घाइते
-
अभिनेता विपिन किन पुगे अमेरिका ?
-
जलनका घटनामा परे के गर्ने ? कसरी हुन्छ उपचार ? (भिडियो)
-
अहमदाबादमा पहिलोपटक भिड्दै गुजरात र बैंगलुरु
-
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल