चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
सारांश
- मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको स्यालापाखा–मुसिकोट सडक खण्ड सडक मर्मत तथा ढलान कार्यका लागि १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।
- सडक डिभिजन कार्यालय चौरजहारीले मिति २०८३ जेठ २५ गतेदेखि असार १० गतेसम्म यातायात आवगमन बन्द गरिने जनाएको छ ।
- यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ र सडकमा क्षति पुर्याएमा कारबाही हुने सूचनामा उल्लेख छ ।
काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको स्यालापाखा–मुसिकोट सडक खण्ड १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले एक सूचना जारी गर्दै सडक मर्मत तथा ढलान कार्यका लागि यातायात आवगमन बन्द गरिएको जानकारी दिएको छ।
सडक डिभिजनका अनुसार, चौरजहारी नगरपालिका – ३ को टाटागाउँ स्यालखोलादेखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य गर्नुपर्ने भएकाले मिति २०८३ जेठ २५ गतेदेखि असार १० गतेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।
सडक बन्द रहेको अवधिमा यात्रा गर्ने यात्रु तथा सवारी साधनहरूका लागि चौरजहारी–कुदु–जाजरकोट झोलुङ्गे पुल हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
सडक ढलान कार्य भएपछि त्यसलाई सेट हुन समय लाग्ने हुनाले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरिएको छ । सूचनाको उल्लङ्घन गरी जबरजस्ती सवारी साधन चलाएर निर्माणाधीन ढलान सडकमा क्षति पुर्याएमा, क्षति पुर्याउने व्यक्ति स्वयं जिम्मेवार हुने र प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण