सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा खुकुरी प्रहार गरी एक बालकको हत्या

आइतबार, ०७ माघ २०८०, १८ : ४५
आइतबार, ०७ माघ २०८०

सुर्खेत । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक जना बालकको हत्या गरिएको छ ।

रुकुम प्रहरीले दिएका जानकारी अनुसार मुसिकोट नगरपालिका–११, को कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला पर्ने रोल्पाको परिवर्तन गाउँपालिका—४, पाछावाङमा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

डाँगी दिदीको घरमा आएका थिए । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका–११, कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको पनि प्रहरीले बताएको छ ।

रुकुम प्रहरीका कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ । 

घटना आइतबार दिउँसो १२ बजेतिरको हो । हत्या गर्ने चन्द्रबहादुरलाई पक्राउ गरिएको छ भने घाइते पुनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार हत्या गर्ने चन्द्रबहादुरको मानसिक अवस्था ठिक नभएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप