हेटौंडामा पूर्वराजाले गरे मन्दिर र गुम्बामा पूजा
हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले हेटौंडाको गुम्बा र मन्दिरमा पूजा गरेका छन् । आइतबार हेटौंडा आएका पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ को गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा पूजा गरेका हुन् ।
दिउँसो १ः३० बजेको समयमा मधेस प्रदेशबाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य नाका चुरियामाई हुँदै आएका उनले हेटौंडा–१३ को ज्याङछुप्लीङ पोताल गुम्बामा बौद्ध धार्मिक परम्परा अनुसार पूजा गरेका हुन् भने हेटौंडा भुटनदेवी मन्दिरमा हिन्दु धार्मिक विधि अनुसार पूजा गरेका हुन् । गुम्बा र मन्दिरमा पूर्वराजा शाहको समर्थनमा सर्वसाधारणको बाक्लो मात्रामा भिड लागेको थियो भने राप्रपा र राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
बाराबाट चुरियामाई नाका हुँदै हेटौंडा प्रवेश गरेका उनीलाई राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुले तथा सर्वसाधारणको तामझाम स्वागत गरेका थिए । उनको स्वागतमा राप्रपाका नेता कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरुले ठाउँठाउँमा स्वागत गेट बनाएर घडा राखेका थिए भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए । राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको नेतृत्वमा गठित समितिले शाहको स्वागत सम्मान गरेको थियो । पूर्वराजाको स्वागतका लागि राप्रपाका सांसद सिंहको संयोजकत्वमा एक हजार ११ सदस्यीय समिति गठन भएको थियो । शाहको स्वागतका लागि राप्रपाका नेता एवम् प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य लगायतका नेताहरु समेत हेटौंडा आएका थिए । शाहको स्वागतका लागि तराईका विभिन्न जिल्लादेखि कार्यकर्ताहरु हेटौंडा आएका थिए ।
शुभेच्छुक तथा समर्थकको स्कटिङका बिच गुम्बा र मन्दिर पुर्याइएको थियो । गुम्बामा पूजापाठ सकिए लगत्तै उनले एक जोडी परेवा उडाएका थिए । मन्दिर र गुम्बाको दर्शनपछि उनले दिउँसो हेटौंडाको ५ नम्बर वडामा रहेको हेटौंडा रिसोर्टमा राप्रपाका विशिष्ट नेताहरुसँगको भेटघाट कार्यक्रममा सहभागी भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण