खुल्ला रूपमा बिक्री हुने कटन क्यान्डीको उपभोग नगर्न आग्रह
सोमबार, ०८ माघ २०८०, ११ : ४२
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री हुने कटन क्यान्डीको उपभोग नगर्न आग्रह गरेको छ । अखाद्य रङ्ग प्रयोग गरिएकाले कटन क्यान्डी उपभोग नगर्न विभागले आग्रह गरेको हो ।
काठमाडौँका विभिन्न स्थानका सडक पेटी, बजार, मेला लगायतका स्थानमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग रोडा माइन बी को प्रयोग भएकोले सो क्यान्डी उपभोग नगर्न भनिएको हो ।
अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन सबैमा सूचित समेत गरिएको विभागले जनाएको छ । अखाद्य रङ्गको प्रयोग गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण