खुल्ला रूपमा बिक्री हुने कटन क्यान्डीको उपभोग नगर्न आग्रह
सोमबार, ०८ माघ २०८०, ११ : ४२

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री हुने कटन क्यान्डीको उपभोग नगर्न आग्रह गरेको छ । अखाद्य रङ्ग प्रयोग गरिएकाले कटन क्यान्डी उपभोग नगर्न विभागले आग्रह गरेको हो ।
काठमाडौँका विभिन्न स्थानका सडक पेटी, बजार, मेला लगायतका स्थानमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग रोडा माइन बी को प्रयोग भएकोले सो क्यान्डी उपभोग नगर्न भनिएको हो ।
अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन सबैमा सूचित समेत गरिएको विभागले जनाएको छ । अखाद्य रङ्गको प्रयोग गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
पश्चिम सुर्खेतको कायाकल्प गर्ने मदन भण्डारी राजमार्ग
-
‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन