लगातार तेस्रो पटक इटालियन सुपर कपको उपाधि चुम्यो इन्टर मिलानले

काठमाडौँ । इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले सोमबार राति साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नापोलीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै इन्टर मिलानले उपाधि कुम्ल्याएको हो । इन्टर मिलानलाई उपाधि दिलाउन कप्तान लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए ।
खेलका क्रममा नापोली १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ६०औँ मिनेटमा नापोलीका जियोभानी सिमोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । इन्टर मिलानले लगातार तेस्रो पटक इटालियन सुपर कपको उपाधि उचालेको हो ।
यसअघि सन् २०२१ र सन् २०२२ मा पनि सुपर कपको उपाधि इन्टर मिलानले नै जितेको थियो । समग्रमा भने इन्टर मिलानले आठौँ पटक इटालियन सुपर कपको उपाधि जितेको हो । सबैभन्दा बढी सुपर कपको उपाधि जित्ने क्लब भने युभेन्ट्स हो । युभेन्ट्सले हालसम्म नौ पटक उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६७ करोड जरिवाना,सचिव र व्यवस्थापकलाई कति भयो सजाय ?
-
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
प्रतिनिधिसभामा १३ मिनेट ४६ सेकेन्ड रस्साकस्सी
-
रास्वपाले नेता तिम्सिना र मैनालीलाई किन गर्यो कारबाही ?
-
राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल