शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

४ जना  मृतावस्थामा फेला

बुधबार, १० माघ २०८०, १२ : ०१
बुधबार, १० माघ २०८०

काठमाडौँ । काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको टोखा नगरपालिका-९ गोंगबु डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ४० वर्षीय सिंह बहादुर हायु आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी  काठमाडौंको चावहिल बस्ने ४५ वर्षीय बिजय लिम्बु पनि आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको थाहा नगरपालिका-५ फुर्के बस्ने ५५ वर्षीया ठुलीमाया रूम्बासमेत आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।  
    
यसैगरी सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजारस्थित टहरामा सोही नगरपालिका-१३ मनवा बस्ने ५० वर्षीय गणेश विक मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप