प्रादेशिक अस्पताल गौरमा इमरजेन्सी बाहेकका सबै सेवा ठप्प
बुधबार, १० माघ २०८०, १७ : ४५
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । समयमा तलब भत्ता नपाएको भन्दै उनीहरुले इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेका हुन् ।
डाक्टरले ओपीडी लगायतका सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामी मार्कामा परेका छन् ।
तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा सात गतेदेखि सर्वसाधारणले इमर्जेन्सीबाहेकका सेवा पाउन सकेका छैनन् ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको बताए ।
अस्पतालका ११ जना डाक्टरले विगत ७ महिनादेखि भत्ता र तीन महिनादेखि तलब नपाएपछि अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको डाक्टर चन्दन सहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण