आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पताल गौरमा इमरजेन्सी बाहेकका सबै सेवा ठप्प

बुधबार, १० माघ २०८०, १७ : ४५
बुधबार, १० माघ २०८०

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । समयमा तलब भत्ता नपाएको भन्दै उनीहरुले इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

डाक्टरले ओपीडी लगायतका सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामी मार्कामा परेका छन् । 

तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा सात गतेदेखि  सर्वसाधारणले इमर्जेन्सीबाहेकका सेवा पाउन सकेका छैनन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको बताए ।  

अस्पतालका ११ जना डाक्टरले विगत ७  महिनादेखि भत्ता र तीन महिनादेखि तलब नपाएपछि अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको डाक्टर चन्दन सहनीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप