उत्कृष्ट कारोबार गरेकोमा राष्ट्रिय वाणिज्य बैँकद्वारा जनता मावि सम्मानित
बारा । राष्ट्रिय वाणिज्य बैँकले सिमराले जनता मावि प्राविधिक शिक्षालयलाई रजघट्टालाई उत्कृष्ट कारोबार गरेको भन्दै सम्मान गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ को रजघट्टामा रहेको जनता माविलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९ औँ वार्षिकोत्सव अवसर पारेर सम्मान गरेको हो ।
बैंकको सिमरा शाखामा आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरोज पाण्डेले विद्यालयका प्रधानाध्यापक राजु अधिकारीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । प्रधानाध्यापक अधिकारीका अनुसार विद्यालयले बैँकसँगको निरन्तर र उत्कृष्ट कारोबार गरेकाले सम्मान गरेको बताएका छन् ।
‘यस बैंकले प्रदान गरेको सेवा सुविधालाई विश्वास गरी बैंकसँग निरन्तर कारोबार गर्नुभएकोमा तपाई श्री जनता मावि जीतपुर सिमरा १४ बारा ज्युलाई अगामी दिनमा समेत यस्तै विश्वास र साथको अपेक्षा गर्दै बैंकको ५९ औ वार्षिकोत्सवको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ,’ बैंकले विद्यालयलाई प्रदान गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी बुधवार वार्षिकोत्सवको अवसर पारेर बैंकले ३ जना उत्कृष्ट कारोबारकर्ताको रूपमा सम्मान गरेको छ । सम्मानित हुनेमा सतिस गल्ला भण्डार जीतपुर, लक्ष्मी आयल स्टोर प्रा.लि. अम्लेखगञ्ज र न्यू सन्देश किराना पसल सिमरा रहेका छन् ।
उनीहरूलाई पनि निरन्तर असल कारोबारको अपेक्षासहित उत्कृष्ट ग्राहकको रूपमा सम्मान गरिएको शाखा प्रबन्धक पाण्डेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण