नाबालिगमाथि जबरजस्ती करणी गर्ने दुई जना पक्राउ
बिहीबार, ११ माघ २०८०, १२ : ४९

बर्दिया । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका-३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगेर माघ ७ गतेसम्म पटक-पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।
त्यस्तै बाँसगढी नगरपालिका-०९ कि एक नाबालिगलाई जबरजस्ती करणी गरी फरार प्रतिवादी सोही स्थान बस्ने अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माघ ११ गते बढैयाताल गाउँपालिका-२ जमुनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त कबीर जयन्ती र मधेश प्रदेशमा सार्वजनिक बिदा
-
टोखा घटना : ७ राउन्ड गोली चलाएर २ सय ग्राम खैरो हेरोइन बरामद
-
सौराहामा हुर्काइएको गैँडा चिडियाखाना पठाइयो
-
सत्तामा बसेर लुटिरहने कांग्रेस र एमालेले लिखित प्रतिबद्धता जनाए सदन खुल्छ : मनिष झा
-
दूध र आँपलाई एकसाथ खान मिल्छ ?
-
कस्तो छ गायिका रचना रिमालको अवस्था ?