मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

मधेसमा अभिरामबाहेक सबैले गरे मतदान, सवा ३ बजेदेखि मतगणना

बिहीबार, ११ माघ २०८०, १४ : ३३
बिहीबार, ११ माघ २०८०

जनकपुर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरिसकेको जसपाका प्रदेश सांसद राम सहाय यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेश सांसद अभिराम शर्मा भने मतदानमा सहभागी नभएका हुन् । अभिरामलाई थमन विक हत्या प्रकरणमा अदालतले जन्मकैदको फैसला गरेको थियो । यादवका अनुसार सवा तीन बजेदेखि मतगणना सुरु गर्नेगरी छलफल भइरहेको छ । मधेस प्रदेशमा दुई पदका लागि मतदान भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप