राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालतद्वारा अस्वीकार
काठमाडौँ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले समेत थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।
६० किलो सुन तस्करीका प्रमुख पात्र रहेका दावा छिरिङ लगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पुत्र राहुल महराविरुद्ध सीआइबीको प्रतिवेदनको आधारमा काठमाडौँ जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण