एमाले कार्यकर्ताको विद्रोहले मैले चुनाव जितेँ : सिटौला
विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा एमालेका कार्यकर्ताको विद्रोहले आफूले चुनाव जितेको बताएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएपछि उनले आफूलाई एमालेका केही मतदाताले विद्रोह गरेर मत दिएकोले चुनाव जितेको प्रतिक्रिया दिएका हुन् । उनले आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेराउ गर्ने प्रवृत्ति हाबी हुने गरेको पनि बताए ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले भने, ‘एमालेका जनस्तरका कार्यकर्ताको आफ्नो पार्टीको निर्णयप्रति विद्रोह गरेको होकि जस्तो मलाई लाग्छ ।’
सिटौलाले कोशीबाट राष्ट्रिय सभामा आफू निर्वाचित भएपनि गठबन्धनका अर्का उम्मेदवार चम्पादेवी कार्की पराजित हुनुमा गठबन्धनमा कहीँ न कहीँ त्रुटि भएको पनि बताए ।
उनले आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेरेवन्दी हुने गरेको र यो पटक पनि त्यस्तै भएको आफूलाई महसुस भएको बताए ।
‘मलाई के लाग्छ भने म राष्ट्रिय राजनीतिमा जब खडा हुन्छु, मलाई घेराउ गर्ने प्रवृत्ति हाबी भएको जस्तो लाग्छ । यो निर्वाचनमा पनि मलाई त्यस्तो अनुभव भयो’, उनले भने, ‘सायद त्यही कारण चम्पादेवीप्रति बढी प्रहार भयो ।’
उनले नतिजाबारे प्रदेश तहमा विश्लेषण हुने भन्दै गठबन्धनमा पनि छलफल हुने बताए । उनले भने, ‘कहीँ न कहीँ त्रुटि भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण