नेपाली युवालाई जलवायु अनुकूलन तथा हरिततर्फ आकर्षित गरिँदै
काठमाडौँ । युरोपेली संघको सहयोगमा सञ्चालित परियोजनामा नेपाली युवालाई जलवायु अनुकूलन तथा हरित विकासतर्फ प्रोत्साहन गर्न लागिएको छ ।
नेपालस् युथ इनोभेसन ल्याबले वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवालाई जलवायु अनुकूलन तथा हरिततर्फ आकर्षित गर्न विभिन्न गतिविधि गरिरहेको हो ।
ल्याबले शुक्रबार आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशमा यस वर्ष हासिल गरेको सफलता प्रस्तुत गर्दै परियोजनाले युवा पुस्तालाई सुशासन, उद्यमशीलता र डिजिटल पैरवीको माध्यमद्वारा जलवायु परिवर्तनको न्यूनीकरणतर्फ अग्रसर गरेको दाबी गरिएको छ ।
दुई वर्षअघि सञ्चालन गरिएको यस परियोजना मधेस प्रदेशबाट सुरु भएको थियो । गत वर्ष कर्णाली प्रदेशमा सञ्चालन गरिएको यो परियोजनाले युवामाझ पुग्न सफल भएको दाबी गरिएको छ ।
“क्लाइमेट फेलोसिप” कार्यक्रम परियोजनाले १० जना युवालाई परिचालित गरिएको थियो । ती युवाले पूर्वाधार सम्बन्धी १,७८२ तथ्याङ्क सङ्कलन गरेका छन् । त्यसैगरी परियोजना मार्फत दिगो व्यापारलाई बढवा दिन ६ जना परिवर्तनशील उद्यमीहरूलाई यस वर्षको नवप्रवर्तन अनुदान प्रदान गरिएको छ ।
युरिपेली संघका एलोइसा अस्टुडिलोले विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्याको हल गर्न युवाहरुको भूमिका निकै अतुलनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण