महानगरभित्र कटन क्यान्डी बिक्री वितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।
शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमुना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्री वितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ ।
“अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न÷नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण