मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एक साताभित्र विश्वासको मत लिने मधेस प्रदेशका मुख्यमन्त्री यादवको तयारी

शनिबार, १३ माघ २०८०, १४ : ५७
शनिबार, १३ माघ २०८०

वीरगन्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेको स्रोतको जानकारी दिएको हो । 

जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।

मुख्यमन्त्री यादवले रातोपाटीसँग भने,‘म अहिले जिल्लामा छु, ३÷४ दिनमा जनकपुर फर्किन्छु । त्यसपछि गठबन्धन दलहरुसँग छलफल गर्छु, अनि विश्वासको मत लिन्छु । तर त्यो भनेको यही साताभित्रै हो, विश्वासको मत लिने ।’

सरकारमा रहेका कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवको भनाइ छ । 

पाँच दिन अगाडि सरकारमा सहभागी जनमत पार्टीले सरकारबाट बाहिरिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप