एक साताभित्र विश्वासको मत लिने मधेस प्रदेशका मुख्यमन्त्री यादवको तयारी
वीरगन्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेको स्रोतको जानकारी दिएको हो ।
जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।
मुख्यमन्त्री यादवले रातोपाटीसँग भने,‘म अहिले जिल्लामा छु, ३÷४ दिनमा जनकपुर फर्किन्छु । त्यसपछि गठबन्धन दलहरुसँग छलफल गर्छु, अनि विश्वासको मत लिन्छु । तर त्यो भनेको यही साताभित्रै हो, विश्वासको मत लिने ।’
सरकारमा रहेका कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवको भनाइ छ ।
पाँच दिन अगाडि सरकारमा सहभागी जनमत पार्टीले सरकारबाट बाहिरिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण