चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जना पक्राउ
शनिबार, १३ माघ २०८०, १८ : ०७
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट कैद सजाय भई फरार भएका २ जनालाई शनिबार पक्राउ गरेको हो ।
लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुर सिमरा ५ बस्ने सुनिल पासवानलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो । यसै गरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला आएपछि दुवै जना फरार भएको जनाउँदै सर्च अभियान अन्तर्गत पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण