इरानद्वारा अन्तरिक्षमा ३ वटा उपग्रह एकसाथ प्रक्षेपण
सोमबार, १५ माघ २०८०, ०९ : ५३
तेहरान । इरानले आइतबार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४५० किलोमिटर उचाईमा कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ ।
ती तीनवटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान–२ र हतेफ–१ समावेश छन् । स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो । महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण