मिटरब्याजसम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई सर्कुलर
काठमाडौँ । मन्त्रिपरिषद्ले मिजरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सर्कुलर गरेको हो ।
गृह मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्ले पास गरेसँगै प्रहरीले सो जिम्मेवारी पाएको हो । मिटरब्याज सम्बन्धी उजुरीमा प्रहरीले ‘मिलापत्र’ पनि गराउन सक्ने व्यवस्था कार्यविधिमा भएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले रातोपाटीलाई बताए । उनले भने,‘परिपत्र भैसकेको छ, विवादमा सहमति गराउने प्रयास पनि हुन्छ ।’
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएसँगै मन्त्रिपरिषद्ले फर्स्योट हुन बाँकी उजुरी र नयाँ उजुरीबारे अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेका उजुरी उपर अब प्रहरीले अनुसन्धान र मुद्दा दायर गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण