शिवम् सिमेन्टको १४.५ प्रतिशत बोनस सेयर पारित
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको प्रस्तावित १४.५ प्रतिशत बोनस सेयरसहित नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । गत पुस २७ गते बसेको कम्पनीको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.७५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अरब ४० करोड रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले १४.५ प्रतिशतले हुन आउने ६२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत बराबर ३ करोड ३० लाख रुपैयाँ नगद खर्च गर्नेछ ।
साधारणसभासभाले लाभांश पारित गरेसँगै अब राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । साथै प्रस्तावित वोनस शेयर जारी गर्ने भए पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्वि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र को दफा ६ को (ख) र ६ को (ग) संशोधन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरिएको समेत कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण