शिवम् सिमेन्टको १४.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको प्रस्तावित १४.५ प्रतिशत बोनस सेयरसहित नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । गत पुस २७ गते बसेको कम्पनीको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.७५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अरब ४० करोड रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले १४.५ प्रतिशतले हुन आउने ६२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत बराबर ३ करोड ३० लाख रुपैयाँ नगद खर्च गर्नेछ ।
साधारणसभासभाले लाभांश पारित गरेसँगै अब राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । साथै प्रस्तावित वोनस शेयर जारी गर्ने भए पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्वि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र को दफा ६ को (ख) र ६ को (ग) संशोधन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरिएको समेत कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम
-
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
-
हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण