त्रिभुवन विमानस्थलमा कुटपिट प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
समितिको तर्फबाट छानबिन रिपोर्ट पेस भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । उनले भने,‘रिपोर्ट अध्ययनको क्रममा छौँ ।’
समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो । छानबिन थालेको पाँचौँ दिनमा समितिले छानबिन प्रतिवेदन बुझाएको हो । समितिले घटनास्थलको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज विश्लेषण गरेको छ ।
माघ १२ मा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुल बहादुर जी.सी. सदस्य छन् ।
प्रतिवेदनले दिएको तथ्यको आधारमा संलग्न कर्मचारहिरुलाई कारबाही गर्ने मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
-
मेक्सिकोको रक्षापङ्क्तिका मजबुत पर्खाल: जोहान भास्क्वेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण