विमानस्थलमा कुटपिट घटना
अध्यागमन अधिकृतलाई विभागीय कारबाही, असईलाई निलम्बन गर्न सिफारिस
बुधबार, १७ माघ २०८०, २० : ४९
१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ ।
छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । चेकजाँच गर्ने प्रहरी जवान सँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरु छायाँलालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रन्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।
घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । सुरुमा अधिकृकतलाई चेकजाँच गर्न आग्रह गर्ने प्रहरी जवान रवि रन्जन गुप्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन