जति नै विरोध गरे पनि गठबन्धन भत्किने वाला छैन : अध्यक्ष नेपाल
धनुषा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने बताएका छन् । बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए ।
उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ ।’
यस्तै उनले भाषण र वाचाभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए । उनले भने, –‘भाषण र वाचाभन्दा परिणाममुखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौँ । विगतका गल्तीलाई समीक्षा गर्नुपर्छ । कनिका छरे जसरी बजेट छर्ने । आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’
मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्युँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘हराई सकेका शक्तिहरू, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाए जस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्ने वाला छैन । केही गर्नेवाला पनि छैन । जाग्न पनि दिँदैनौ, टिक्न पनि दिँदैनौ । त्यस कारणले व्यर्थको कसरत नगरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण