‘मेयर’का लागि टिमसहित सर्लाही पुगे दीपेन्द्र
काठमाडौंँ । निर्देशक दीपेन्द्र के.खनाल अहिले सर्लाहीमा छन् । आफ्नो निर्देशन रहने फिल्म ‘मेयर’ छायांकनका लागि उपयुक्त लोकेशन हेर्न उनी केही दिन अगाडि टिम सहित सर्लाही पुगेका हुन् । सल्लाहीका बिभिन्न स्थानमा फिल्म छायांकनका लागि लोकेसन सर्वेक्षण भइरहेको छ ।
फागुनको १५ गतेबाट फिल्म ‘मेयर’ छायांकन सुरु गर्ने उदेश्यले लोकेशन फाइलनका लागि उनी लागि परेका छन् । लोकेशन हेर्न उनको साथमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने पनि पुगेका छन् । खगेन्द्र फिल्मको शीर्ष भूमिकामा देखिँदैछन् ।
फिल्ममा खगेन्द्रका अलवा अर्पण थापा पनि छानिएका छन् । अभिनेत्री भने छनौटको चरणमा छन् । केही नयाँ अनुहार लिएर फिल्म बनाउने योजना खनालको छ । किनभने उनले अहिलेका चल्तीका अभिनेत्री फिल्म क्यारेक्टरमा फिट देखेका छैनन् ।
फिल्म ‘मेयर’ सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा बन्न लागेको हो । त्यसैले लोकेशन हेर्ने क्रममा मेयर थापा पनि फिल्मको टिमसँगै देखिएका छन् । फिल्ममा सागर मैनाली र अरविसा थापाको लगानी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण