फोहोर मैला व्यवस्थापनका लागि बर्दिवास नगरपालिकाले गर्यो सम्झौता
महोत्तरी । बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चार वर्षीय परियोजना हो ।
यो परियोजनालाई क्रिएशनले सञ्चालन गरिरहेको छ । बर्दिवास नगरपालिकाका उपमेयर तारादेवी महतोले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोगलगायतका विषय रहेको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उपमेयर महतोले यो सम्झौताले प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको बताइन् । यो परियोजना सफल पार्नमा नगरपालिकाको पूर्ण सहयोग रहने बताउँदै उनले यसबाट नगरपालिकावासीले लाभ लिने कुरामा पनि विश्वस्त रहेको बताइन् ।
बर्दिवास नगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका नौ वटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू रसरकार मिलेर काम गरिरहेको छ ।
यो परियोजनाले सन् २०३० सम्ममा १०० नगरपालिकामा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । विगत केही दशकहरूमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ । जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्वपूर्ण चुनौतीहरू सिर्जना गरेको छ ।
नेपालभरका ल्यान्डफिलहरूमा दैनिक करिब ६०० टन प्लाष्टिक फोहोर फालिन्छ । परियोजनाका अनुसार नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब २० हजार ६०० टन हुने अनुमान गरेको छ । यी प्लास्टिकहरू समयको साथ वातावरणमा सञ्चित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छन् जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण