शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाबाट आएका दुई विधेयक प्रतिनिधि सभामा टेबुल

सोमबार, २२ माघ २०८०, १७ : ३२
सोमबार, २२ माघ २०८०

काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर सन्देशसहित आएका २ विधेयक प्रतिनिधि सभामा टेबुल भएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको  बैठकमा संघीय संसदमा कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभामा पेस गरेका छन् । 

अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश पनि प्रतिनिधि सभा बैठकमा पेस गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप