शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

५ जना मृतावस्थामा फेला

मङ्गलबार, २३ माघ २०८०, १२ : ०६
मङ्गलबार, २३ माघ २०८०

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार-

  • सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । माघ ६ गतेदेखि हराई बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो । 
  • गोरखाको गण्डकी गाउँपालिका-४ खुदीटारस्थित बारीमा सोही ठाउँ बस्ने ५८ वर्षीय भोज राज पाण्डे सोमबार मृत अवस्थामा फेला परेका छन् । 
  • मकवानपुरको कैलाश गाउँपालिका-७ टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङ सोही नगरपालिका-७ चाइरङडाँडा स्थित भिरतल सोमबार मृत अवस्थामा फेला परेका छन् । 
  • कैलालीको भजनी नगरपालिका-२ मोहनपुलस्थित शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
  • रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३ खर्पुडाँडास्थित चौरी गोठमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप