शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
विराेध

रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहतका तथा बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावासलाई ध्यानाकर्षण गराउन प्रदर्शन भएको छ । 

रुसी सेनमा भर्ना भएकालाई उद्धार गर्न माग गर्दै पीडित परिवारले प्रदर्शन आज गरेका हुन् । उनीहरूले रुसी राजदूतावास बालुवाटार नजिकै विभिन्न ब्यानर बोकेर प्रदर्शन गरेका हुन्।

रुसी सेनामा कार्यरत नेपालीहरू बेपत्ता हुने क्रम बढेपछि नेपालमा रहेका परिवारमा तनाव बढिरहेको छ । पछिल्लो समय युद्धका कारण नेपालीहरूको धमाधम मृत्यु हुन थालेपछि उनीहरूलाई सरकारी पहलमार्फत नै स्वदेश फर्काउनुपर्ने आवाज उठ्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया